एक दिन पनि टिकेन तातोपानी नाका, वर्षाले सडक बगाउँदा फेरि बन्द
nagariknews.nagariknetwork.com · Fri Jul 17 10:18:03 GMT 2026

नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै पुनः बन्द भएको छ। तीन दिनपछि बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानैदेखि फेरि ठप्प भएको हो।
बिहीबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट आएको खोल्साको भेलले सडक बगाएपछि सीमा नाकाबाट हुने आवतजावत पूर्ण रूपमा रोकिएको हो। स्थानीय प्रशासनका अनुसार खोल्साको पानी सडकमै पस्दा सडक पुनः क्षतिग्रस्त बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)