घरेलुबजारमा सुपरहिट रह्यो ‘लालीबजार’
kalakarmi.com · Tue Jun 02 05:10:08 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ८ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ ले सार्वजनिक गरेको आइतवार मध्यरातसम्मको तथ्यांकअनुसार फिल्मले ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस कमाइ गरेको छ । बोर्डका अनुसार हालसम्म फिल्मलाई २ लाख ७६ हजार ९४४ दर्शकले हेरेका छन् ।
योसँगै वर्ष २०८३ को जेठ मध्यसम्म सर्वाधिक कमाई गर्ने फिल्म ‘लालीबजार’ बनेको छ । यसवर्ष हालसम्म प्रदर्शन भएका फिल्मको तुलनामा यो फिल्म दोब्बरले अगाडि छ । घरेलु बजारमा सुपरहिट भएसँगै यसको डिमाण्ड डायस्पोरामा समेत बढेको छ । सामाजिक सञ्जालमार्फत डायस्पोरा प्रदर्शनका लागि जिज्ञाशा आइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)