अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
ratopati.com · Fri Jul 17 10:34:14 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा विज्ञहरूले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयकमा सम्पदाप्रति समुदायको कानुनी अपेक्षा, संवैधानिक अधिकार र आदिवासी जनजातिको प्रतिनिधित्वलाई केन्द्रमा राख्न सुझाव दिएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको बैठकमा अभौतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय कानुन र सन्धि सम्झौताहरूको गम्भीर अध्ययन गरेर विधेयकलाई थप समृद्ध बनाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)