करदाताका लागि ठूलो परिवर्तन: छुट, ब्याज र जरिवाना मिनाहाको व्यवस्था अन्त्य
aarthiknews.com

काठमाडौं । सरकारले आर्थिक विधेयक, २०८३ मार्फत प्रदान गरिएका कर छुट तथा सहुलियत (स्किम) सम्बन्धी विशेष व्यवस्था हटाएको छ। आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै यसअघि लागू भएका विभिन्न कर छुट, जरिवाना तथा ब्याज मिनाहा सम्बन्धी प्रावधान अब लागू नहुने जनाएको हो।
विभागका अनुसार आर्थिक विधेयक, २०८३ ले दिएको विशेष सहुलियत अन्त्य भएसँगै अब करदाताले प्रचलित कर कानुनअनुसार आफ्नो दायित्व पूरा गर्नुपर्नेछ। विभागले यसअघि उपलब्ध गराइएका छुट तथा मिनाहा सम्बन्धी व्यवस्था हटाइएकाले समयमै कर विवरण बुझाउन र कर दायित्व पूरा गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)