एक वर्षमा २२ गैँडा मरे
kendrabindu.com · Fri Jul 17 10:41:26 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । चितवनको माडी र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिकै करेन्ट लागेर गैँडा मरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)