कर्णाली राजमार्गको स्थलगत अनुगमनमा मन्त्री लम्साल
baahrakhari.com · Fri Jul 17 10:40:39 GMT 2026

सुर्खेत । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको स्थलगत अनुगमनका लागि शुक्रबार सुर्खेत पुगेका छन् । त्यसपछि उनी कर्णाली राजमार्ग हुँदै अनुगमनमा निस्किए ।
शुक्रबार मन्त्री लम्साल कालीकोट सदरमुकाम मान्ममा बास बस्नेछन् । त्यसपछि कालीकोटबाट राजमार्ग हुँदै मुगुतर्फ जाने कार्यक्रम छ । प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाका अनुसार मन्त्री लम्सालले सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला–कालीकोट सिमानास्थित नाग्मसम्म कर्णाली राजमार्गको अनुगमन गर्नेछन् ।