मजदुरी काममा खटिए लगत्तै बाढीमा परेर बेपत्ता
ratopati.com · Sat Aug 29 09:39:52 GMT 2026

काठमाडौँ । शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा सूचना टाँस्दै थिइन् । सूचनामा लेखिएको छ, ‘सम्पर्क नम्बर- ९७४८७२७१२४, ९८६९६४७९६५,९८१६५४२०४५, सीरिम थारु (बर्दिया), रसुवाबाट हराएको ।’
शान्तिकुमारीले यथाशीघ्र खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरिन् । शान्तिकुमारी परिवारका सदस्य खोजीका लागि काठमाडौँ आइपुगेकी हुन् । उनले अहिलेसम्म वीर अस्पताल, ट्रमा सेन्टर तथा शवदाह गृहसम्म पुगेर खोजी गरिसकेकी छिन् । यस्तै, प्रहरी कार्यालय, बारबर्दिया नगरपालिकामा पनि विस्तृत विवरण टिपाइसकेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)