भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए
barnanmedia.com · Sat Aug 29 09:35:36 GMT 2026

रसुवाको भोटेकोशीमा १० गते बुधबार बिहान गएको अचानकको बाढीमा परी घाइते भई वीर अस्पतालमा उपचाररत एक जनालाई आज घर पठाइएको छ । अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीपछि वीर अस्पतालमा उपचारका लागि ल्याइएका १७ जना घाइतेमध्ये १६ जना उपचारपछि निको भएर घर गइसकेका छन् । अब एक जना मात्रै उपचाररत छन् ।
हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक डा नेपालले भन्नुभयो, “वीरमा १७ जना घाइते ल्याइएको थियो । १६ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ । अब एक जना मात्रै उपचाररत हुनुहुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)