‘बाढी आउँदैछ, भाग्नुहोस् !’ भन्दै माइकिङ गरे असई अरुणले, एक घण्टापछि आयो भोटेकोशीको भेल
barnanmedia.com · Sat Aug 29 09:31:18 GMT 2026

भदौ १० गते बिहान करिब १० बजेको थियो । नुवाकोटको देवीघाट बजारका स्थानीय खाना खाँदै थिए । कोही खाना खाने तयारीमा थिए । त्यही बेला देवीघाट प्रहरी चौकीका प्रमुख प्रहरी असई अरुणकुमार बैठाको सञ्चार सेटमा आदेश आयो– "भोटेकोसीमा ठूलो बा-ढी आयो । तटीय क्षेत्रका स्थानीयलाई जानकारी गराउन तत्काल माइकिङ गर्नु । आफूहरू पनि सुरक्षित रहनु ।"
बैठाको सञ्चार सेटमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सञ्चार शाखामार्फत आप-तकालीन आदेश भएको थियो ।पाँचजनाको मात्रै दरबन्दी रहेको देवीघाटका प्रमुख असई अरुण मोटरसाइकल चालक डाकेर माइकिङमा कु'दे । उनी देवीघाटको तल्लो र माथिल्लो भनेर चिनिने दुवै बजारमा जोडतोडका साथ माइकिङ गर्दै हिँडे । असई अरुणको माइकिङपछि स्थानीयले धमाधम घर छाड्न थाले । कतिपय खाना खाँदै गरेको गाँस छाडेर हिँडे । कतिले खाना पस्किएको थाल छाडे । अरुण भन्छन्, “म र यहाँको वडाअध्यक्ष घर–घरसम्मै पुग्यौँ । त्यसैले यहाँको बस्ती बा-ढीले डु!बाए पनि नागरिक बचाउन सफल भयौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)