दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
ratopati.com · Fri Jul 17 11:11:14 GMT 2026

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा २ जना महिलाले आत्महत्याको प्रयास गरेका छन् । शुक्रबार अपराह्न काठमाडौँको एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रसाईं बोल्दाबोल्दै ती महिलाहरूले हामीलाई बताउनुस् नत्र आत्महत्या गर्छु भन्दै चिच्याएका हुन् । महिला चिच्याउँदै रुँदै मञ्चतर्फ बढेपछि आयोजकले उनीहरूलाई सम्हालेका थिए ।
त्यसअघि प्रसाईंले देश भूराजनीतिको चपेटामा परेको भन्दै आगामी दसैँका बेला नेपालमा विदेशी सेना आउने बताएका थिए । ‘अब लगभग लगभग दसैँ छेकोमा विदेशी सेना उत्रिन्छन्’, उनले भने, ‘दलाई लामाले पनि त्यही विदेशी सेनालाई प्रोटेस्ट गर्छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)