हराएको वा बिग्रेको सिमकार्डका लागि अनलाइन फाराम भर्न सकिने
baahrakhari.com · Fri Jul 17 11:21:02 GMT 2026

काठमाडौं । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि यो सेवाको शुभारम्भ गरेको हो ।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Apply for Lost/Damaged SIM मा क्लिक गरेपश्चात दिइएको निर्देशनअनुसार रजिस्ट्रर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)