विद्यार्थी सङ्ख्या न्यून भएका खजुराका तीन विद्यालय समायोजन
gorkhapatraonline.com · Tue Jun 02 06:13:16 GMT 2026

विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई समायोजन गर्ने नीतिअनुसार बाँकेको खजुरा गाउँपालिकाले तीन वटा विद्यालय समायोजन गरेको छ ।
खजुरा गाउँपालिका–३ बी गाउँस्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका–२ गौरीनगरस्थित भानुदय प्राथमिक विद्यालय र शिव प्राथमिक विद्यालय, नयाँ गुराँसपुरमा विद्यार्थी सङ्ख्या न्यून रहेकाले ती विद्यालयलाई अन्य विद्यालयमा समायोजन गरिएको खजुरा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)