रौटहट जिल्ला अदालतबाट हतकडीसहित चोरी मुद्दाका थुनुवा फरार
onlinekhabar.com · Fri Jul 17 11:27:53 GMT 2026

१ साउन, रौतहट । पेसीका लागि रौतहट जिल्ला अदालत पुर्याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् । जिल्ला कारागार रौटहटबाट अदालत पुर्याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । प्रहरीले उनको पहिचान खुलाएको छैन ।
अदालत पुर्याएका बेला शौचालय गएका उनी शौचालयको भेन्टिलेसनबाट निस्किएर फरार भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)