सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
clickmandu.com · Fri Jul 17 11:33:34 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सुन तथा सुनका गरगहनाहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ ।
यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम रु ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नु हुनेछ भने धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)