बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
barnanmedia.com · Fri Jul 17 11:25:53 GMT 2026

किसानद्वारा उत्पादित विभिन्न जडीबुटीलाई प्रशोधन गरेर भण्डारण गर्न बाँकेमा अत्याधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा उक्त भण्डारण केन्द्र निर्माण सम्पन्न भएको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।
वन कार्यालयको रु १५ लाख अनुदानमा समूहमार्फत निर्माण गरिएको उक्त भण्डारण केन्द्रबाट मेन्था, क्यामोमाइल, लेमनग्रासलगायत जडीबुटीबाट उत्पादन हुने तेलको संरक्षण गरिने भन्दै यसले ती जडीबुडीबाट उत्पादित तेलको गुणस्तर प्रभावकारी हुने डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्कर प्रसाद गुप्ताले जानकारी दिनुभयो । “यसको मुख्य उद्देश्य भनेको बजार मूल घट्दा जडीबुटीबाट उत्पादित तेलको संरक्षण गरी आयआर्जन बढाउने हो”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)