सुरु भयो कोलकाता–विराटनगर कार्गो रेल सेवा
baahrakhari.com · Fri Jul 17 11:30:37 GMT 2026

काठमाडौं । भारतको कोलकाताबाट नेपालको विराटनगरसम्म कार्गो रेल सेवा सुरु भएको छ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियाअन्तर्गत कोलकाता–विराटनगर कार्गो रेल सेवा शुक्रबारबाट सुरु भएको हो ।
नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातको लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)