फुर्केखोला पुल बगेपछि धादिङबेसी–पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक सडक खुल्यो
annapurnapost.com · Sat Aug 29 09:42:06 GMT 2026

धादिङ : मलेखुस्थित फुर्केखोला पुल बाढीले बगाएपछि धादिङको सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मासटार–पिपलटार–परेवाटार वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
स्थानीय तहले यसअघि निर्माण गरेको उक्त सडकलाई सिद्धलेक गाउँपालिका र संघीय सरकारअन्तर्गतको सडक विभागले मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याएको हो। वर्षाका कारण अवरुद्ध बनेको सडक मर्मतपछि सवारीसाधन सञ्चालनका लागि खुलाइएको सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)