दुई प्रमुख पर्यटकीय गन्तव्यमा फैलियो होटल पौवा
kalakarmi.com · Tue Jun 02 06:30:54 GMT 2026

काठमाडौं– नेपालको हस्पिटालिटी क्षेत्रको अग्रणी ब्राण्ड होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा शाखा विस्तार गरेको छ । पौवाले जनकपुरस्थित होटल रोयल प्यालेस तथा भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाललाई विस्तार गरेको हो ।
यो विस्तार केवल शाखा वृद्धि मात्र नभई नेपाली आतिथ्यतालाई व्यावसायिक उत्कृष्टता, संस्थागत व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उकास्ने दीर्घकालीन रणनीतिक पहल भएको पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताएका छन् । होटल पौवाले छोटो अवधि मै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको प्रवर्धनलाई प्राथमिकतामा राख्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)