कोलकाता- विराटनगर कार्गो रेल सेवा सुरु
onlinekhabar.com · Fri Jul 17 11:50:24 GMT 2026

१ साउन, काठमाडौं । नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानी सेवा सुरु भएको छ । नेपाल–भारत पारवन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जलमार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था गरेको छ ।
भारत सरकारको केन्द्रिय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा जारी गरेको नोटिफिकेशन न ७३/२०२५ कस्टम्स मार्फत इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम नियमावली २०१९ मा संशोधन गर्दै भारतका कोलकाता, हल्दिया र विशाखापट्टनमबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा बिस्तार गरि विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)