सरकार–मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
kalakarmi.com · Fri Jul 17 11:56:39 GMT 2026

काठमाडौं- विगत नौ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको वार्तापछि सहमति जुटेसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो।
मिटरब्याज पीडितहरूले गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट ‘पैदल न्याय मार्च’ सुरु गरेका थिए। आन्दोलन बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार काठमाडौं आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा रहेको सरकारी टोलीबीच भएको सघन वार्ताले ९ बुँदे सहमति जुटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)