नागरिक एप पोर्टल होस्ट गरेका डेभलपरको दाबीः नयाँ डिजाइन देखाउन खोज्दा गल्ती भयो, गलत नियत छैन
techpana.com · Fri Jul 17 12:30:15 GMT 2026

काठमाडौं । नागरिक एपको हुबहु नक्कल गरी आफ्नो व्यक्तिगत डोमेनमा होस्ट गरेपछि विवादमा तानिएका डेभलपर निर्देश सुवेदीले स्पष्टीकरण दिएका छन् । टेकपानामा समाचार प्रकाशित भएपछि र साइबर ब्युरोबाट समेत मेसेजहरू आएपछि उनले आफ्नो बचाउ गरेका हुन् ।
टेकपानालाई उनले उपलब्ध गराएको भिडिओ सन्देशमा सुवेदीले आफ्नो उद्देश्य प्रयोगकर्ताको डेटा चोर्ने वा फिशिङ गर्ने नभएको दाबी गरेका छन् । यसैबिच, सुवेदीको व्यक्तिगत डोमेनबाट अहिले नागरिक एपको यूआई तथा डिजाइन हटाइएको छ र त्यहाँ छुट्टै लगइन पेज राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)