आकस्मिक रूपमा आएको छु, काम गरेरै बिदा हुन्छु : प्रधानन्यायाधीश शर्मा
baahrakhari.com · Tue Jun 02 07:29:12 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफू आकस्मिक रूपमा जिम्मेवारीमा आएको भन्दै काम गरेर बिदा हुने बताएका छन् । मंगलबार (जेठ १९) पत्रकारसँगको भेटमा उनले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने अठोट पनि व्यक्त गरे ।
उनले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ्ने स्पष्ट पारे । “आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, छिटोछरितो र प्रभावकारी न्याय, सुशासनजस्ता विषयमा मैले कार्ययोजनामा पनि राखेको छु,’’ प्रधानन्यायाधीश शर्माले भने, ‘‘आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउँछु । राम्रो काम गरेरै बिदा हुन्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)