cc
barnanmedia.com · Fri Jul 17 12:51:36 GMT 2026

कतारको सेनाले शुक्रबार इरानले गरेको मिसाइल आक्रमण रोकेको र आकाशमा नै छेदन गरिएको मिसाइलको टुक्रा लाग्दा एक बालक घाइते भएको बताएको छ । रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “सशस्त्र सेनाले कतारलाई लक्षित गरेको मिसाइल आक्रमणलाई रोकेको छ ।”
मिसायललाई आकाशमा नै रोकी छेदन गरिएको तर त्यसबाट खसेको भग्नावशेषबाट एक बालक घाइते भएको कतारको गृह मन्त्रालयले रिपोर्ट गरेको छ । इरानले संयुक्त राज्य अमेरिकासँगको शत्रुतापूर्ण सम्बन्ध जुलाई ७ देखि पुनः सुरु भएपछि धेरै गल्फ देशलाई लक्षित गरेको छ र अमेरिकी सैन्य शिविरलाई लक्ष्य बनाएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)