बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग
khabarhub.com · Sat Aug 29 09:51:43 GMT 2026

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका–३, जोमसोमस्थित पुथाङ गाउँसमाज (एयरपोर्ट)ले पाँच लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँसमाजको मौज्दात कोषबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो। समाजका गाउँमुखिया अनिल शेरचनको अध्यक्षतामा आज बिहान बसेको १५औँ समितिको बैठकले बाढीपीडितका लागि रकम उपलब्ध गराउने निर्णय गरेको समितिका सचिव पेमा छेतेन विकले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)