भोटेकोशी बाढीपछि सशस्त्र प्रहरीको ठूलो परिचालन : ४८ सय सुरक्षाकर्मी खोजी-उद्धारमा
kalakarmi.com · Sat Aug 29 09:50:44 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले थप जनशक्तिसहित ४ हजार ८ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
सशस्त्र प्रहरीले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा वेश क्याम्प स्थापना गरी खोजीकार्यलाई तिब्रता दिएको छ । परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकहरूकासाथै मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन टोली, शिविर समन्वय तथा व्यवस्थापन टोली र प्राथमिक उपचारको लागि चिकित्सकसहितको टोली रहेका छन् । यसका साथै भत्किएका संरचनामा खोज तथा उद्धारको लागि छुट्टै ४४ जनाको टोली समेत परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)