भारत–नेपाल स्टार्टअप साझेदारी कार्यक्रमको दोस्रो चरणमा २५ नेपाली स्टार्टअप सहभागी
nepalviews.com · Tue Jun 02 08:09:26 GMT 2026

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल (आईएन–स्पान) कार्यक्रमको दोस्रो चरण (कोहोर्ट) सुरु भएको घोषणा गरेको छ । यसअन्तर्गत विभिन्न क्षेत्रका २५ नेपाली स्टार्टअपहरू आठ सातासम्म सञ्चालन हुने उद्यमशीलता तथा नवप्रवर्तनसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।
दूतावासका अनुसार छनोटमा परेका स्टार्टअपहरू कृत्रिम बौद्धिकता (एआई), जैविक प्रविधि (बायोटेक), स्वच्छ प्रविधि, वित्तीय प्रविधि (फिनटेक), स्वास्थ्य प्रविधि, कृषि प्रविधि (एग्रिटेक), ई–कमर्स, गतिशीलता (मोबिलिटी), उत्पादन तथा निर्माण प्रविधि, द्रुत उपभोग्य वस्तु (एफएमसीजी), एयरोस्पेस, इन्टरनेट अफ थिङ्स (आईओटी) तथा सफ्टवेयर एज अ सर्भिस (सास) लगायतका विविध क्षेत्रमा सक्रिय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)