टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
shilapatra.com · Fri Jul 17 13:33:54 GMT 2026

मोरङमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका-५ की ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मगरको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)