फोरेन्सिक जाँचका लागि सरकारले माग्यो छिमेकी राष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग
annapurnapost.com · Sat Aug 29 09:51:50 GMT 2026

काठमाडौं : सरकारले फोरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग मागेको छ। शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले विपद् प्रभावित सुरुङभित्र फसेकाहरूको उद्धार, जीवित व्यक्ति पत्ता लगाउने प्रविधि, फोरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग माग गरिएको जानकारी दिए।
उनले भारतबाट ११ सदस्यीय सुरुङ उद्धार प्राविधिक टोली परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने जानकारी दिए। मन्त्री खनालले भारतबाट ५७ टनभन्दा बढी राहत सामाग्री प्राप्त भइसकेको र चीन, जापान, अष्ट्रेलिया लगायतका देशहरूबाट आवश्यक सामाग्रीहरू आउने क्रम जारी रहेको उल्लेख गरे। अन्तर्राष्ट्रिय दूतावासहरूसँग समन्वय गरी पर्यटकका परिवारलाई सूचना दिने र शव पहिचान तथा फिर्ता पठाउने प्रक्रिया सहज बनाइएको मन्त्री खनालको भनाई छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)