लुम्बिनी विकास बैंक लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५,००,००० सहयोग
barnanmedia.com · Sat Aug 29 09:56:05 GMT 2026

लुम्बिनी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५,००,००० (अक्षरेपी रु. पच्चिस लाख रुपैयाँ) सहयोग गरेको जानकारी गराएको छ।
बैंकका अध्यक्ष श्री चिन्तामणी भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत श्री सुमन आचार्य र नायब प्रमुख कार्यकारी श्री उमेश रेग्मीले संयुक्त रूपमा नेपाल सरकारका माननीय अर्थमन्त्री श्री स्वर्णिम वाग्लेज्यूलाई २०८३ साल भदौ १२ गते रु. २५ लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)