‘खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा महिलाको भूमिका अग्रपंक्तिमा’
kalakarmi.com · Tue Jun 02 09:17:20 GMT 2026

काठमाडौ- राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारीले देशको खाद्य सुरक्षा र जैविक विविधता सुशासनका योजनाहरू अनिवार्य रूपमा ‘लैङ्गिक उत्तरदायी’ हुनुपर्नेमा जोड दिएकी छिन् । प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल र कृषि तथा खाद्य संगठन नेपालको संयुक्त आयोजनामा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष भण्डारीले सो कुरा बताइन् ।
उपाध्यक्ष भण्डारीले नेपालको ग्रामीण अर्थतन्त्र, खाद्य सुरक्षा एवं जैविक विविधताको संरक्षणमा महिलाहरूको भूमिका अग्रपंक्तिमा रहँदै आएको चर्चा गरिन् । पानी, जमिन, जंगल र बीउबिजनसँग महिलाहरूको सम्बन्ध सदियौँदेखि जीवन्त र घनिष्ट छ । वन पैदावार संकलन गर्ने, कृषि कार्य गर्ने, परम्परागत रैथाने बीउबिजनको संरक्षण गर्ने र परिवारको लागि पोषणयुक्त खाद्यको व्यवस्था गर्ने मुख्य जिम्मेवारी महिलाहरूले नै वहन गर्दै आएको उनको भनाई थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)