पहिचान नभएका शवको सनाखतका लागि सरकारले गर्यो अन्तर्राष्ट्रिय सहयोगको अपिल
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई थप तीव्र बनाउन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिएका छन्।
शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमताको अभिवृद्धि गर्न र विकट क्षेत्रहरूमा सहज रूपमा राहत सामग्री पुर्याउन आधुनिक प्रविधिको अत्यधिक आवश्यकता रहेको बताए। मन्त्री खनालका अनुसार रसुवालगायतका प्रभावित जिल्लाहरूमा फेला परेका तर पहिचान हुन नसकेका शवहरूको छिटो र सही सनाखत गर्न नेपालको हालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त छैन, त्यसैले यसका लागि डीएनए परीक्षण र छिटो रिपोर्टिङमा विशेष सहयोग पुर्याउन विदेशी सरकारहरूलाई औपचारिक आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)