बाढीले पुरिएका घर तथा टहरा सफा गर्न थालियो
annapurnapost.com · Sat Aug 29 09:58:15 GMT 2026

धादिङ : बाढी तथा लेदोले पुरिएका गजुरी गाउँपालिका-६ बेल्खु बजारका घर तथा टहरा सफा गर्न थालिएको छ। गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, गजुरीस्थित श्री भैरव गणका नेपाली सेना तथा स्थानीय युवाहरूको सहभागितामा पुरिएका घर तथा टहराभित्र जमेको माटो, लेदो र फोहोर हटाउने काम सुरु गरिएको हो।
बाढीका कारण घर तथा टहराभित्र थुप्रिएको माटो र फोहोर हटाउने काम तीव्र गतिमा भइरहेको गाउँपालिकाले जनाएको छ। स्थानीयवासीलाई सहज हुने गरी सरसफाइ तथा उद्धारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)