‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सकारात्मक कदम : अध्यक्ष पाण्डे
himalpress.com · Fri Jul 17 15:08:59 GMT 2026

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनमार्फत ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था ल्याइनु सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदम भएको बताएका छन्।
महासंघद्वारा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले अत्यधिक कम मूल्यमा ठेक्का लिने प्रवृत्तिका कारण विकास आयोजना प्रभावित हुँदै आएको उल्लेख गर्दै नयाँ व्यवस्थाले राज्यको खर्च गर्ने क्षमता बढ्नुका साथै निर्माण क्षेत्र पनि व्यवस्थित हुने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)