कर्मचारीलाई गृहमन्त्रीको चेतावनी- एक रुपैयाँ खाएको थाहा पाए एक्सनमा उत्रिन्छु
onlinekhabar.com · Fri Jul 17 14:56:31 GMT 2026

१ साउन, गोरखा । गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहको नाममा सेवाग्राहीबाट पैसा लिएको थाहा पाए कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रवार गृहजिल्ला गोरखा आएका बेला जिल्ला प्रशासन कार्यालयमा भएको कर्मचारीसँगको भेटमा गृहमन्त्री गुरुङले घुस खाएको थाहा पाए आफैँ एक्सनमा उत्रिने चेतावनी दिएका हुन् ।
‘बिचौलिया आएर यहाँ काम मिलाउने, नागरिकताको यो मिल्दैन अलिकति पैसा दिए मिलाइदिन्छु भनेको मेरो कानमा मात्र पर्यो भने म व्यक्तिगत रुपमा आफै एक्सन लिन्छु,’ गृहमन्त्री गुरुङले भने, ‘मलाई पावरमा पठाएको कारण नै सुशासनका लागि हो, त्यसैले यसमा कुनै एक्सक्यूज हुदैन ।’