आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार र निर्माणको वर्ष घोषणा
baahrakhari.com · Fri Jul 17 15:09:50 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’का रूपमा घोषणा गरेको छ । यस आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची संघीय संसद्मा बुझाएको मन्त्रालयले कानुन सुधार तथा निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले उक्त घोषणा गरेको हो ।
यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भिडियो सन्देशमार्फत अभियानको उद्देश्य, प्राथमिकता र कार्ययोजनाबारे जानकारी गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)