चलचित्र ‘मास्टर्नी’ को गीतको विषयमा बोलिन् प्रियंका
ratopati.com · Fri Jul 17 15:58:55 GMT 2026

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवाद, प्रतिक्रिया र चासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै अभिनेत्री कार्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।
कार्कीले गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत चलचित्र भित्र समावेश गरिएको आधिकारिक गीत नभई, विशुद्ध प्रचार प्रसारको उद्देश्यले आपसी समन्वयमा तयार पारिएको समेत बताएकी छन् । उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश नगरिएको उनले भनेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)