भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्रीबीच भेट हुँदै
barnanmedia.com · Tue Jun 02 10:49:00 GMT 2026

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता हुने भएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय गृहमन्त्री शाहसँग भेट गर्ने भएको हो।
उनले नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको जानकारी दिए। पाँचदिने औपचारिक भ्रमणका लागि लामिछानेसहितको प्रतिनिधिमण्डल सोमबार दिल्ली पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)