अन्नपूर्ण आधार शिविरमा ५३ धावक
nepalsamaya.com · Tue Jun 02 10:59:48 GMT 2026
कास्की। अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विस २०७५ देखि प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन गरिदैं आएको छ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले छैटौँ संस्करणको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए। म्याराथनका लागि १८ वर्षदेखि ६९ उमेर समूहका आठ जना विदेशी र ४५ जना स्वदेशी धावकको सहभागी रहने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)