गोहीको आक्रमणबाट एक जनाको मृत्यु
kendrabindu.com · Tue Jun 02 11:21:24 GMT 2026

चितवन । गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)