विवाहको ४ महिनामै बाढीले खोसेको खुसी
ratopati.com · Sat Aug 29 10:10:51 GMT 2026

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये ४ जनाको शव मात्रै पहिचान भएको छ । शवदाह गृह अगाडि भेटिएका आफन्त भन्छन्– ‘निकै पिडामा छौँ । सरकारले यथाशीघ्र हाम्रा मान्छेहरू भेटाइदिनुपर्यो ।’
राजन कोइराला र उनकी श्रीमती भान्जी ज्वाइको खोजीमा हिजो देखिनै त्रिवि शिक्षण अस्पतालको शवदाह गृहमा छन् । कोइराला भन्छन्– ‘भित्र थुप्रिएका शवहरू पल्टाउँदै आफन्तको हुलिया खोज्दा भेटिनुभएन । कुहिएर, छाला उक्किएर र किरा परिसकेका ती शरीरहरूमध्ये एउटा शव आफ्नै भान्जीको हो कि भनेर छामी छामी हेर्नुपर्ने विवशता बन्यो । ’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)