वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
ratopati.com · Fri Jul 17 16:56:23 GMT 2026

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार चौतर्फी असफल भएको निष्कर्ष निकालेको छ । राजनीतिक अस्थिरतालाई चिर्दै नेपाली जनताले रास्वपालाई झण्डै दुई तिहाइको जनमत दिँदा पनि सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन र उल्टै जनतामा चरम निराशा थुपार्ने काम गरेको आजपाको ठहर छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै आजपाले नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो निष्कर्ष साझा गरेको हो । आजपाको तर्फबाट प्रवक्ता सुभाषप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले देशलाई विकास र निकास दिन असफल भएको निष्कर्ष सुनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)