गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
gorkhapatraonline.com · Tue May 07 17:14:55 UTC 2024

भक्तपुर, वैशाख २५ गते । सूर्यविनायक नगरपालिका ‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदैगरेको ना ५ ख २३६१ नम्बरको निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
निजी बोलेरोले ठक्कर दिँदा गोरखा पालुनटार नगरपालिका ‐२ घर भई हाल सूनपा ‐९ नलिञ्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)