ग्लोबल कन्जुमर एक्स्पो २०२६ जुन १२ देखि काठमाडौंमा आयोजना हुने
news24nepal.tv · Tue Jun 02 13:10:43 GMT 2026
काठमाडौं । उपभोक्ता लक्षित सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा परिचित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण आगामी जुन १२ देखि १६ तारिखसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने भएको छ। इभेन्ट सोलुसनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एक्स्पोबारे औपचारिक घोषणा गरेको हो।
‘शपिङको नयाँ ठेगाना’ भन्ने नारासहित आयोजना हुने उक्त मेलामा स्वदेशी तथा विदेशी ब्रान्ड, नवप्रवर्तनकारी व्यवसाय र हजारौं उपभोक्ताको सहभागिता रहने आयोजकले जनाएको छ। मेलाले व्यवसाय–देखि–व्यवसाय तथा व्यवसाय–देखि–उपभोक्तानेटवर्क विस्तार गर्ने उद्देश्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)