भरतपुर महानगर कमिटीले जित्यो एक लाख राशिको राष्ट्रिय युवा संघ कप
setopati.com · Fri Aug 08 17:00:07 GMT 2025
भरतपुरमा शुक्रबार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल कपको उपाधि भरतपुर महानगर कमिटीले जितेको छ। राष्ट्रिय युवा संघ कालिका नगर कमिटीलाई हराउँदै भरतपुर च्याम्पियन बनेको हो।
राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीले कृष्णपुर मैदानमा आयोजना गरेको खेलमा भरतपुर टाइब्रेकरमा ४–२ ले विजयी भयो। उपाधि विजेता भरतपुरले ट्रफीसहित एक लाख रूपैयाँ प्राप्त गरेको छ। उपविजेता कालिकाले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)