नेपाली नागरिक पक्राउ गर्न कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
onlinekhabar.com · Sat Aug 29 10:28:37 GMT 2026

१३ भदौ, धनगढी । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जना इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो ।
उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरसम्म पुगेका थिए । त्यसरी अनुमतिबिनै नेपालभित्र पसेर नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)