गलत बयान दिएका गौतमविरुद्ध मुद्दा दायर
nepalnews.com · Tue Jun 02 14:12:17 GMT 2026

काठमाडौँ। भ्रष्टाचारसम्बन्धी मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका ७ का ईश्वरीप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ऋण उपलब्ध गराएबापत सेवाग्राहीसँग ५० लाख रुपैयाँ घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारीविरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ। सोही मुद्दामा साक्षीका रूपमा उपलब्ध गराइएका गौतमले प्रतिकूल बयान दिएको आयोगको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)