भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्याउन मन्त्री चौधरीले गरिन् सांसदहरुसँग छलफल
kendrabindu.com · Sat Aug 29 10:34:33 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा केन्द्र सांसदहरुसँग छलफल गरेकी छिन् । मन्त्री चौधरीले आज मन्त्रालयमा संसादहरुसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउन छलफल गरेकी हुन् ।
मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन । उनले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने विषयमा जोड दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)