वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
ratopati.com · Sat Jun 06 11:33:45 GMT 2026

काठमाडौँ । आर्कषक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ३ बस्ने लक्ष्मी थापा कार्की र बुढानिलकण्ठ–८ बस्ने प्रिया बानियाँ रहेका छन् । पक्राउमध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग रु ११ लाख ५० हजार लिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)