बाढीप्रभावितलाई ४० हजार लिटर हवाई इन्धन वितरण
gorkhapatraonline.com · Sat Aug 29 10:48:51 GMT 2026

नेपाल आयल निगमले बाढी बाढीप्रभावितलाई उद्धार गर्न झन्डै ४१ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको छ ।
खोज तथा उद्धारमा खटिएका हेलिकप्टरका लागि सहज गराउन नेपाली सेनासँगको समन्वयमा निगमको हवाई इन्धन डिपो कार्यलय सिनामंगलबाट रिफ्युलर पठाएर ४० हजार ८४० लिटर हवाई इन्धन पठाएको हो । गत बुधबार आएको बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरलाई हवाई इन्धन हाल्न सहज होस भनेर नुुवाकोटमा रिफ्युुलर पठाइएको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुुमार ठाकुुरले रिफ्युलर विमानस्थल भित्र सञ्चालन हुने गरेकोमा विपद्को अवस्थालाई मध्यनजर गदै नेपाल बायुसेवा निगम र सेनासँग समन्वय गरेर नुवाकोट पठाएको जानकारी दिनुुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)