मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
barnanmedia.com · Fri Jul 17 23:38:35 GMT 2026

कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज कालीकोट पुग्नुभएको छ ।
सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुग्नुभएको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री लम्सालले भोलि शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)